नबिल बैंक ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स २०२५’ अवार्डबाट सम्मानित

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ५ गते
नबिल बैंक ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स २०२५’ अवार्डबाट सम्मानित
AdvertisementAds

नबिल बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स–२०२५’ मा ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्ड पाएको छ। बैंकले वार्षिक दिगो बैंकिङ कार्यक्रम, ग्राहक सेवा, प्रविधि प्रयोग र दिगोपना क्षेत्रमा गरेको पहलका आधारमा यो सम्मान पाएको जनाएको छ।

पाँच वर्षदेखि नबिल बैंकले नेपालको दिगो विकास लक्ष्य (एसडिजी) आत्मसात गर्दै वातावरणीय, सामाजिक र सुशासन सम्बन्धी सिद्धान्त अपनाउँदै आएको छ। बैंकले वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण, नैतिक सुशासन, कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङ प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने काममा आफूलाई केन्द्रित गर्दै आएको छ।

यसअघि बैंकले सन् २०१०, २०२०, २०२१, २०२२ र २०२४ मा पनि विभिन्न विधामा युरो मनी अवार्ड फर एक्सिलेन्सबाट सम्मान प्राप्त गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स