नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै सामूहिक लगानी कोष (Mutual Funds) को दायरा विस्तार गर्ने तथा म्युचुअल फण्डको ‘लक-इन’ (Lock-in) अवधि हटाउने घोषणा गरेको छ।
‘सूचीकरणपछिको कारोबारमा हुने धितोपत्रको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लक-इन अवधि हटाइनेछ।’ नीतिमा भनिएको छ।
बोर्डले बन्दमुखी, खुलामुखी योजना तथा बजारको औसत प्रतिफल प्राप्त गर्न सकिने सूचकाङ्क आधारित (Index Fund), एक्सचेन्ज ट्रेडेड फण्ड (ETF), ऋणपत्र कोष (Debt Fund), मनी मार्केट फण्ड र विशेष क्षेत्र (Sectoral) मा आधारित लगानीप्राथमिकता दिने उल्लेख गरेको छ।
त्यसैगरी पेन्सन तथा अवकाश कोषहरूको लगानी विविधीकरण गर्न तथा उनीहरूलाई सामूहिक लगानी कोषका विभिन्न योजनामा सहभागी गराउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने नीतिमा उल्लेख छ।






















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया