अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले संसद् बैठकका क्रममा सेयर कारोबार नगर्न सभामुखले दिएको निर्देशनको समर्थन गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सांसदहरूको ध्यान सेयर बजारमा भन्दा देश निर्माणमा केन्द्रित हुनुपर्ने बताएका हुन्।
उनले लेखेका छन्, ‘संसदीय बैठकमा सांसदज्यूहरूको ध्यान नै सेयर बजारमा गयो भने देश निर्माणमा कसले ध्यान दिने भन्ने विषय एकदमै टड्कारो बन्यो है माननीयज्यूहरू। कृपया त्यसो नगरौँ।’
उनले केही वर्षअघि आफूहरूले फिल्म सुटिङ गर्दा सेयर बजार उकालो लागिरहेका बेला फिल्मकर्मीहरू पनि सुटिङको बीचमै मोबाइलमा सेयर हेर्न व्यस्त हुने गरेको अनुभव सुनाएका छन्।उनले लेखेका छन्, “फिल्ममा काम गर्ने असिस्टेन्ट डाइरेक्टरदेखि कतिपय कलाकारसम्म डाइरेक्टरले ‘कट’ भन्नेबित्तिकै मोबाइल लिएर एउटा कुनामा गई सेयर हेर्न थाल्थे। अहिले सेयर बजार डाउन भएकाले फिल्मकर्मीको त्यसमा खासै रुचि देखिँदैन।”

प्रतिकृया