नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेपाली बैंक नोटमा राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाह र शान्तिका दूत गौतम बुद्धको तस्वीर राख्नुपर्ने सुझाव दिएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद थापाले राष्ट्रको पहिचान र गरिमा झल्किने व्यक्तित्वहरूको तस्वीर नोटमा समावेश गरिनु उपयुक्त हुने धारणा राखे। उनले भने, “म राजावादी होइन, म गणतन्त्र ल्याउन लडेको मान्छे हुँ। तर, नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको फोटो नोटमा राखे इज्जत बढ्छ।”
त्यस्तै, उनले नेपाली नोटमा गौतम बुद्धको तस्वीर पनि राख्नुपर्नेमा जोड दिए। बैठकमा नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेल पनि सहभागी थिए।
















प्रतिकृया