भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारीपत्रमा हस्ताक्षर, लागत कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २० गते
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारीपत्रमा हस्ताक्षर, लागत कति ?

भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य तथा संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा परियोजना कार्यान्वयन एजेन्सीहरूले संयुक्त रूपमा मंगलबार उक्त समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका हुन्। भारतको सहयोगमा कुल रु. ६२ करोड पाँच लाखको लागतमा यी परियोजनाहरू सञ्चालन गरिनेछ।

नेपाल सरकारका स्थानीय निकाय— महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामार्फत यी परियोजनाहरू कार्यान्वयन गरिने दूतावासले जनाएको छ। परियोजनाको सफल कार्यान्वयनले नेपाली जनतालाई स्तरीय शैक्षिक, स्वास्थ्य सेवा तथा सांस्कृतिक सुविधाहरू प्राप्त गर्न मद्दत गर्नेछ।

सन् २००३ यता भारत सरकारले नेपालमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआइसीडीपी) सञ्चालन गरिसकेको छ। तीमध्ये शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण तथा अन्य सार्वजनिक सुविधाहरूको क्षेत्रमा ४९५ परियोजना पूरा भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा सञ्चालन भइरहेको दूतावासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स