माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशनको तयारी गर्दै सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने योजना बनाएको छ।
यस सम्बन्धी औपचारिक सम्झौता साउन २८ गते काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो। सम्झौतापत्रमा माउन्ट एभरेष्ट डिष्टिलरीका प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।




















प्रतिकृया