नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता जम भएको अवस्था व्यवस्थापन गर्न आज असार २५ गते पुनः ४० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ।
राष्ट्र बैंकका अनुसार, उक्त रकम निक्षेप संकलन उपकरणमार्फत आज दिउँसो ३ बजे बोलकबोल प्रक्रियाबाट संकलन गरिनेछ।
निक्षेप राख्न चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ तथा अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। बोलकबोल प्रक्रिया बहुब्याजदर प्रणालीमा सञ्चालन हुनेछ, जसअनुसार बहुबोल प्रस्तावहरू राख्न सकिनेछ।
६३ दिने अवधिको यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी भदौ २५ गते भुक्तानी गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया