खटाइएको ठाउँमा नजाने १६ अधिकृतलाई मन्त्रालयले दियो अल्टिमेटम

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १३ गते
खटाइएको ठाउँमा नजाने १६ अधिकृतलाई मन्त्रालयले दियो अल्टिमेटम

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाइएको स्थानमा हाजिर नहुने १६ जना कर्मचारीलाई तीन दिनभित्र कार्यस्थलमा उपस्थित हुन अल्टिमेटम दिएको छ। प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिएका ती कर्मचारीले लामो समयसम्म अटेरी गरेपछि मन्त्रालयले बिहीबार पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

मन्त्रालयले २०८२ भदौदेखि चैतसम्म स्थानीय तहमा गरिएको सरुवाको विवरण संकलन गरी अध्ययन गर्दा सम्बन्धित १६ जनाले हालसम्म रमाना नलिएको पाइएको छ। तोकिएको समयसीमा बितिसक्दा पनि कार्यस्थलमा नपुगेपछि मन्त्रालयले कडा कदम चाल्ने संकेत गरेको हो।

पत्रमा तीन दिनभित्र अनिवार्य रूपमा हाजिर नभए विभागीय कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट उल्लेख गरिएको छ। निजामती सेवा नियमावली २०५० को नियम ३९ अनुसार तोकिएको स्थानमा नजाने कर्मचारीमाथि कारबाही हुने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

मन्त्रालयका अनुसार अन्य सबै स्थानीय तहमा भने प्रमुख प्रशासकीय अधिकृत खटाइसकिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स