मन्त्री रावलले सहकारी पीडितसँग प्रत्यक्ष संवाद सुरु गरिन्

मन्त्री रावलले सहकारी पीडितसँग प्रत्यक्ष संवाद सुरु गरिन्

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका सहकारी पीडितसँग प्रत्यक्ष संवाद सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्तालाई रकम फिर्ता गर्ने लक्ष्य लिएको अवस्थामा मन्त्री रावलले पीडितहरूसँग छलफल थालेकी हुन्।

आज बिहानैदेखि मन्त्रालयमा विभिन्न सहकारीका पीडितहरू भेला भएका छन् र आफ्नो समस्या र गुनासा मन्त्री रावलसमक्ष राखिरहेका छन्। लामो समयदेखि बचत फिर्ता नपाउँदा पीडित बनेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था प्रस्तुत गर्ने अवसर पाएका छन्।

छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताए। “पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,” उनले भनिन्

मन्त्री रावलका अनुसार सरकारले सहकारी क्षेत्रमा देखिएका समस्याहरूको चरणबद्ध समाधान गर्दैछ र विशेषगरी साना बचतकर्ताहरूलाई राहत दिने योजनामा केन्द्रित छ।

657471950 2387198701744024 191266723436015279 n https://bajarkochirfar.com/minister-rawal-initiates-direct-dialogue-with-cooperative-victims | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स