नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङमाथि नियम मिच्दै डकैती शैलीमा निर्णय गरेको गम्भीर आरोप लगाएका छन्।
बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सापकोटाले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनामा मन्त्री र राज्यमन्त्रीले नियम विपरीत निर्णय गर्न खोजेको दाबी गरे। उनले मन्त्री खड्काले जगदुल्ला हाइड्रोपावरको विषयमा प्रतिष्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न दबाब दिएको र केवल एक कम्पनीलाई छनोट गर्ने कार्य गराएकोप्रति आपत्ति जनाए।
सापकोटाले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम उल्लंघन भएको आरोप लगाए। यसबाहेक, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग व्यक्तिगत प्रतिशोध साँध्दै प्राधिकरणमै कार्यकक्ष स्थापना गर्नु राष्ट्रकै बेइज्जती भएको बताए।
सापकोटाले समितिले सरकार र मन्त्रीलाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिए। उनले भने, “जगदुल्ला हाइड्रोपावरका सन्दर्भमा राष्ट्रिय समाचार माध्यमले समेत प्रश्न उठाएका छन्। मन्त्रीले प्रतिष्पर्धामा रहेका निर्माण कम्पनीहरूलाई बोलाएर सात कम्पनीलाई पछि हट्न बाध्य पार्दै एउटा मात्र कम्पनी छनोट गर्न दबाब दिनुभएको छ। यसरी किमाथांका अरुण र मुगु कर्णाली परियोजनामा नियम मिचेर गरिएको निर्णयले राज्यको इज्जत गुमेको छ।”
सापकोटाले १०२ मेगावाटको मध्य भोटेकोशी परियोजनामा पनि मन्त्री र राज्यमन्त्रीले आफू नै पुगेर दबाब दिएको घटना उल्लेख गर्दै यस्तो कार्यले सरकारको विश्वसनीयतामा धक्का पुर्याउने बताए।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया