लघु जीवन बीमा कम्पनीहरुको ८ महिनामा करिब साढे ७२ करोडको व्यापार, कसको कति ?

लघु जीवन बीमा कम्पनीहरुको ८ महिनामा करिब साढे ७२ करोडको व्यापार, कसको कति ?

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालका लघु जीवन बीमा कम्पनीहरुले ७२ करोड ४६ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार ३ प्रमुख लघु जीवन बीमा कम्पनीहरुले यस अवधिमा ७ लाख ९१ हजार ८५६ वटा बीमालेख बिक्री गरेका छन्।

यस अबधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलम गर्ने कम्पनी गार्डियन माइक्रो लाइफ रहेको छ। यसले ५ लाख ४४ हजार ६३६ वटा बीमालेख बिक्री गरेर २८ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

दोस्रो स्थानमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। क्रेष्ट माइक्रो लाइफले १ लाख ५१ हजार ६३२ वटा बीमालेख बिक्री गरेर २६ करोड ६४ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ।

तेस्रो स्थानमा लिबर्टी माइक्रो लाइफ रहेको छ। लिबर्टी माइक्रो लाइफले ९५ हजार ५८८ वटा बीमालेख बिक्री गरेर १७ करोड ७६ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ।

485084097 658353746607379 4725785967397018808 n 1 https://bajarkochirfar.com/micro-life-insurance-companies-have-a-turnover-of-around-rs-725-million-in-8-months-how-much-does-each-have | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स