मध्यरातमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, केके भयो छलफल ?



Advertisement
Ads

शनिबार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ।

उक्त भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्।


Advertisement

सरकार परिवर्तनको चर्चा भइरहेका बेला दुई नेताबीच भेट भएको हो। तर, दुबै नेताले सरकार परिवर्तनका विषयमा फैलाइएका हल्ला गलत र निराधार भएको बताएका छन्।

यस अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि उपस्थित रहेका थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर