सेयर लगानीकर्ताका नेताहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना कार्यमा नयाँ गति आउने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार नेप्सेको कार्यालयमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंलाई सफल कार्यकालको शुभकामना दिन पुगेका सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल, नेपाल पूँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्कीले यस्तो आशा व्यक्त गरे।
तीनै संगठनले संयुक्त रूपमा सीईओ चापागाईंलाई बुझाएको ज्ञापत्रमा उल्लेख छ कि, “नेप्सेको पुनर्संरचना प्रक्रिया लामो समयदेखि विचाराधीन अवस्थामा रहँदै आएको भए पनि हालैका निर्णयहरूले यसलाई गति दिएको देखिन्छ। निजी क्षेत्रको सहभागिता, पूँजी वृद्धिको योजना र संस्थागत सुधारमार्फत नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने प्रयास भइरहेको छ। यस प्रक्रियामा देखिएका विवाद र चुनौतीहरूलाई सम्बोधन गर्दै यथासक्य पुनर्संरचना कार्यान्वयनमा सफल हुने आशा गर्दछौँ।”






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)







![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया