एमबीएल इक्विटी फण्डको लाभांश घोषणा, बुक क्लोज कहिले ?

एमबीएल इक्विटी फण्डको लाभांश घोषणा, बुक क्लोज कहिले ?
Advertisement Ads

माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा रहेको एमबीएल इक्विटी फण्ड (MBLEF) ले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई ८ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ। क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

क्यापिटलका अनुसार एमबीएल इक्विटी फण्डका इकाइधनीलाई करसहित ८ प्रतिशत, अर्थात् ९ करोड ७३ लाख रुपैयाँ प्रतिफल वितरण गरिनेछ।

प्रतिफल वितरण प्रयोजनका लागि फण्डले भदौ २ गते बुक क्लोज (दर्ता किताब बन्द) गर्ने जनाएको छ। त्यसअनुसार भदौ १ गतेसम्म कायम रहेका इकाइधनी प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स