तिब्र गतिमा उकालो लाग्दै बजार, ९० मिनेटमै ६ अर्बको कारोबार

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १९ गते
तिब्र गतिमा उकालो लाग्दै बजार, ९० मिनेटमै ६ अर्बको कारोबार

सेयर बजारमा लगातार हरियाली देखिन थालेको छ। आइतबार ७५ अंकको सुधार देखिएको बजारमा सोमबार पनि उकालो लाग्दै नेप्से परिसूचक २९१२.४० अंकसम्म पुगेको छ।  प्रि ओपन सेसनमामै २९०० माथि पुगेको नेप्से डेढ घण्टामा थप उकालो लाग्दै २९१२.४० अंकमा पुगेको हो।

कारोबार रकममा समेत उल्लेखनीय सुधार देखिएको छ। समाचार तयार पार्दासम्म (१२:३४ बजे) १ करोड १८ लाख ७७ हजार २१५ कित्ता सेयर किनबेच भइसकेका छन् भने कारोबार रकम ६ अर्ब २३ करोड रुपैयाँ नाघेको छ।बजारको सुधारले लगानीकर्ताहरू उत्साहित देखिएका छन्। साथै, १३ उपसमूह मध्ये १० उपसमूहमा बढेको छ भने तीन उपसमूह भने केही घटेका छन्।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स