नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गरेको छ। सोमबार बिहान खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्रीले राजीनामा दिएर निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।
पार्टी प्रवक्ता अग्नि सापकोटाले बैठकपछि भिजिट भिसामा विदेश पठाउने कार्यमा गृह मन्त्रालयका कर्मचारीको संलग्नता देखिएको र यस्तो अवस्थामा नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने स्पष्ट माग उठिरहेको बेला सत्ता दुरुपयोग हुन नदिन राजीनामा अपरिहार्य भएको पार्टीको निष्कर्ष भएको बताए ।
सापकोटाले कांग्रेसभित्रकै केही नेताहरूले समेत गृहमन्त्री लेखकको राजीनामाको माग गरिरहेका र यस्तो बेला सत्तारूढ दलका मन्त्रीले छानबिन प्रक्रिया स्वतन्त्र र निष्पक्ष बनाउन सहयोग गर्नु पर्ने माओवादीको धारणा छ।
त्यसैगरी, बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित पार्टीको अभियान सफल भएको निष्कर्ष पनि निकालेको सापकोटाले जानकारी दिए।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया