नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

नबिल बैंक लिमिटेडले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। २०८२ जेठ २२ गते बसेको सञ्चालक समितिको ६८२औं बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

ज्ञवाली यसअघि नबिल बैंकमा कार्यवाहक सीईओको भूमिकामा थिए। उनले २०७७ साल जेठदेखि नबिल बैंकमा नायब महाप्रबन्धकका रूपमा सेवा सुरू गरेका थिए र पछि डेपुटी सीईओ हुँदै सिनियर डेपुटी सीईओसम्मको यात्रा गरेका थिए। चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवालीलाई बैंकिङ क्षेत्रमा लामो अनुभव छ।

Screenshot 2025 06 05 110247 https://bajarkochirfar.com/manoj-kumar-gyawali-appointed-as-ceo-of-nabil-bank | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स