SHAREHUBSHAREHUB

भारतलाई आर्थिक संकटबाट बाहिर निकाल्ने मनमोहन सिंह

AdvertisementAds
भारतलाई आर्थिक संकटबाट बाहिर निकाल्ने मनमोहन सिंह
AdvertisementAds

भारतलाई १९९० को दशकको गम्भीर आर्थिक संकटबाट बाहिर निकालेर नयाँ युगको दिशामा अगाडि बढाउने पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। सिंहले २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री रहेर देशको नेतृत्व गरे।

१९९१ मा भारतको अर्थतन्त्रले गम्भीर संकटको सामना गरिरहेको थियो। विदेशी मुद्रा सञ्चिति लगभग समाप्त भएको थियो, व्यापार घाटा अत्यधिक बढेको र ब्यालेन्स अफ पेमेन्ट संकटले भारतलाई ठूलो आर्थिक संकटमा पारेको थियो। त्यही समयमा, प्रधानमन्त्री नरसिम्हा रावले मनमोहन सिंहलाई अर्थमन्त्रीको जिम्मेवारी दिए। सिंहले आफ्नो अर्थशास्त्र, अर्थतन्त्रको ज्ञानले र दृढताका साथ आर्थिक सुधारको ऐतिहासिक कार्यक्रम अगाडि बढाए।

उनले भारतमा उदारीकरण, निजीकरण, र विश्वव्यापीकरण (एलपीजी) नीतिहरू लागू गरेका थिए। यो नीतिले भन्सार दर र ब्याज दर घटाउने, लाइसेन्स प्रणालीलाई सरल बनाउने र विदेशी लगानीलाई प्रोत्साहन गर्ने काम गर्‍यो। यिनै नीतिहरूले भारतीय बजारलाई खुला बनाउँदै व्यापार र उद्योगमा नयाँ जीवन दिएको थियो।
।

सिंहले भारतलाई आर्थिक संकटबाट मात्र बाहिर निकालेनन् उनले भारतलाई उदयमान अर्थतन्त्रहरूमध्ये एक बन्न सफल बनाए। उनले ल्याएका सुधारका नीतिहरूले देशको अर्थतन्त्रमा दीर्घकालीन रूपमा सकारात्मक परिवर्तन ल्यायो।

सन् २००४ देखि २०१४ सम्म दुई कार्यकालका लागि प्रधानमन्त्रीको रूपमा सेवा गर्दा समेत सिंहले आफ्नो आर्थिक सुधारको दृष्टिकोणलाई कायम राखे। उनको नेतृत्वमा भारतले शिक्षा, स्वास्थ्य, र आधारभूत पूर्वाधार क्षेत्रमा पनि महत्वपूर्ण प्रगति गर्‍यो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स