मकालु वाइन इन्डस्ट्रीजले आईपीओ निष्काशन प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलायो

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ८ गते
मकालु वाइन इन्डस्ट्रीजले आईपीओ निष्काशन प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलायो
AdvertisementAds

मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले २० प्रतिशत प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ।

कम्पनीको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले साउन २३ गते बिहान ११ बजे इटहरीस्थित सोल्टी वेस्टेण्डमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत बराबर अर्थात् १० लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।

यससँगै जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्ने तथा आवश्यक अख्तियारीसम्बन्धी अन्य विशेष प्रस्तावहरू पनि सभाबाट पारित गर्ने कार्यसूची रहेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स