रास्वपा, माओवादी र दुर्गाप्रसाईलाई लिएर महेश बस्नेतको चेतावनी: “बैंक र सहकारी ठगहरूले मेरो विरुद्ध षड्यन्त्र गरिरहेका छन्”

रास्वपा, माओवादी र दुर्गाप्रसाईलाई लिएर महेश बस्नेतको चेतावनी: “बैंक र सहकारी ठगहरूले मेरो विरुद्ध षड्यन्त्र गरिरहेका छन्”

नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा आफूविरुद्ध चर्को टिप्पणीपछि प्रतिक्रिया दिएका छन्। आइतबार उनले लामो स्टाटस लेख्दै माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै सहकारी ठगहरू र १७ हजार मान्छे मार्नेहरू भनेर आलोचना गरेका छन्।

बस्नेतले भने, “सत्ता नपाएर लामखुट्टे जस्तो छटपटाएका माओवादी र रास्वपाका नेताहरू, बैंक ठगहरू र सहकारी ठगहरू मेरो विरुद्धमा आवाज उठाइरहेका छन्।” उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि लक्ष्य गर्दै टिप्पणी गरेका छन्।

उनले थपे, “तिमीहरूका हरेक हर्कतको हिसाब हुनेछ। हाम्रो पङ्क्ति व्यवस्थित प्रतिरोध गर्ने दिन तिमीहरूको अस्तित्व समाप्त हुनेछ।

“तिमीहरूको दाल गल्दैन र हाम्रो भुत्ला पनि झर्दैन ।,” उनले भने।

download 1 1 https://bajarkochirfar.com/mahesh-basnets-warning-about-the-rashtriya-swayamsevak-sangh-rss-maoists-and-durga-prasai-bank-and-cooperative-fraudsters-are-conspiring-against-me | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स