नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उनले उपत्यकाका सबै सिट जित्ने लक्ष्य राखेका भए पनि कम्तीमा १० सिटमा विजय निश्चित रहेको बताएका हुन्।
बस्नेतले अघिल्लो निर्वाचनमा पाँच दलिय गठबन्धन र स्वतन्त्र उम्मेदवारको क्रेजका कारण केवल दुई सिटमा सीमित रहनु परेको बताए। तर यसपटक मतदाताहरूले एमालेलाई नै ठिक विकल्प ठानेको दाबी उनले गरे। उनले उपत्यकावासीहरू सचेत, शिक्षित र राजनीतिक रूपमा परिपक्व भएको उल्लेख गर्दै, केही घुमन्ते उम्मेदवारहरूले भोट किनबेचको आरोप लगाउने प्रयास गरिरहँदा पनि यहाँको बौद्धिक र शिक्षित वर्गले आफ्नो मत परिवर्तन गरेको बताए।
सचिव बस्नेतले भने, “कतिपय घुमन्ते साथीहरूले भोट किनबेच भएको आरोप लगाएका छन्, तर त्यो उपत्यकावासीलाई गिज्याउने मात्र हो। सानो घटनाले पनि मत परिवर्तन गर्न सक्छ। अघिल्लो पटक स्वतन्त्र पार्टीले उपत्यकाका सिट ल्यायो, तर यसपटक मतदाताहरू एमाले नै ठिक विकल्प ठानेका छन्। हामीले उपत्यकाका १५ सिट जित्ने नारा दिएका छौँ, तर कम्तीमा १० सिट जित्ने सुनिश्चित छ।”
उनले देशमा एमालेले गरेका विकास निर्माणका कामको पनि दाबी गरे। उनले त्रिवि क्रिकेट मैदानको स्तरोन्नति, धरहरा, रानीपोखरी लगायतका संरचनाको निर्माण तथा संरक्षणको जिम्मेवारी एमालेले उठाएको बताए।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया