माधव कुमारले भने, “शेरबहादुरजीले डडेल्धुरामा आँखा गाड्यो भन्नुहोला, चल्छ त्यहाँ विमानस्थल?”

माधव कुमारले भने, “शेरबहादुरजीले डडेल्धुरामा आँखा गाड्यो भन्नुहोला, चल्छ त्यहाँ विमानस्थल?”

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले डडेल्धुरामा विमानस्थल बनाउन नहुने बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै अध्यक्ष नेपालले भैरहवा र पोखराकै विमानस्थल नचलेको उल्लेख गर्दै डडेल्धुरामा विमानस्थल बनाउने निर्णय गर्दा देशलाई नोक्सान हुने बताए।

‘बैतडी र डोटीकै विमानस्थल चल्न सकेको छैन। डडेल्धुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु होइन?,’ उनले प्रश्न गरे।

उनले आवश्यकता नै नभएका ठाउँमा विमानस्थल बनेको पनि उल्लेख गरे।

‘अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरू कसैलाई। सुन्नुहोला, शेरबहादुरजीले। ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला। चल्छ त्यहाँ विमानस्थल? बैतडीमा चलिरहेको छ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन? के छ त्यसको हालत?,’ उनले प्रश्न गरे, ‘डडेल्धुरा विमानस्थल बनाउनुपर्ने किन? उदयपुरमा के आवश्यकता छ? किन बनाउनु पर्‍यो?’

उनले विमानस्थल बनाउन ठेक्का लाग्ने र कमिसन खान पाइने भएकोले आवश्यकताबिनै विमानस्थल बनाउने प्रवृत्ति रहेको पनि बताए।

न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स