माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँडको मिति तय भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आईपीओको बाँडफाँड भाद्र ८ गते आइतबार सम्पन्न हुनेछ।
आईपीओको प्रि-अलोटमेन्ट आज बिहीबार सम्पन्न भइसकेको क्यापिटलले जनाएको छ।
माबिलुङ इनर्जी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म कुल २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँ बराबर आवेदन परेको छ। २३ लाख २५ हजार २५६ जनाले २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन दिएका छन्।
यसमा १ लाख २४ हजार ८९० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने चार जनाले ११ कित्तासम्म सेयर पाउनेछन्। करिब २२ लाख आवेदकको हात खाली रहने सम्भावना छ।
कम्पनीले असार १ गते १०० रुपैयाँ अंकित दरमा १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्काशनको अनुमति पाएको थियो जसमध्ये पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड भइसकेको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।














प्रतिकृया