सर्वसाधारणका लागि माबिलुङ्ग इनर्जीको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न सकिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २६ गते
सर्वसाधारणका लागि माबिलुङ्ग इनर्जीको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न सकिने ?

माबिलुङ्ग इनर्जी लिमिटेडले आज (साउन २६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको कम्पनीले अब दोस्रो चरणमा १३ लाख ५४ हजार २३५ कित्ता सेयर जारी गर्दैछ। यसमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि, ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन २९ र ढिलोमा भदौ ९ गते हुनेछ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इश्यूअर रेटिङ्ग सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले औसत जोखिमको संकेत गर्छ। लगानीकर्ताले सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स