माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ साउन २६ गतेदेखि निष्काशन गर्न लागेको छ। कम्पनीले कुल १८ लाख ९० हजार ५३० कित्ता आइपीओ प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्काशन गर्न गत असार १ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
यस मध्ये, पहिलो चरणमा आयोजनाबाट प्रभावित स्थानीयवासीका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १ लाख ५० हजार ४७१ कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकिएको छ।
अब दोस्रो चरणमा कम्पनीले बाँकी १३ लाख ५४ हजार २३५ कित्तामध्ये ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ९५ कित्ता कर्मचारीका लागि सुरक्षित राखी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो।
यो आइपीओमा साउन २६ गतेदेखि साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओलाई ‘ईक्राएनपी–आईआर बी प्लस’ रेटिङ दिइएको छ, जसले औसत जोखिम संकेत गर्दछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)






![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया