माबिलुङ इनर्जी लिमिटेडको साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ। बाँडफाँड कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान ९:३० बजे सम्पन्न गरिएको हो।
कम्पनीको आईपीओमा १ लाख २४ हजार ८ सय ८६ जनाले १०–१० कित्ता र ४ जनाले ११–११ कित्ता सेयर पाएका छन्।
माबिलुङ इनर्जीले आफ्नो जारी पूँजीको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बाँडफाँड भइसकेको थियो।
दोस्रो चरणमा कम्पनीले ७५ हजार २६६ कित्ता सामूहिक लगानी कोष र ३० हजार ९५ कित्ता कर्मचारीका लागि सुरक्षित राखेको बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड गरिएको हो।
कसरी हेर्ने आईपीओको नतिजा ?
माबिलुङ इनर्जी लिमिटेड को आईपीओको नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:
1. लक्ष्मी सनराइज क्यापिटल – || LS Capital Limited
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल – iporesult.cdsc.com.np
3. मेरो सेयर एकाउन्ट बाट –https://meroshare.cdsc.com.np/
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)






![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया