माबिलुङ इनर्जीले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

माबिलुङ इनर्जीले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?
Advertisement Ads

माबिलुङ इनर्जी लिमिटेडले छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २६ गते सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभा ललितपुरको कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले संस्थापक सेयरधनी समूहबाट ३ जना, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना तथा एक जना स्वतन्त्र विज्ञ सञ्चालक गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार ११ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन र मतदान गर्न योग्य हुनेछन्।

Screenshot 11 6 2026 13349 www.nepalstock.com https://bajarkochirfar.com/mabilung-energy-calls-for-general-meeting-what-are-the-proposals | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स