माविलुङ इनर्जी लिमिटेडको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि आगामी फागुन महिनामा समाप्त हुँदैछ। कम्पनीले कोषका लागि छुट्याएको ७५ हजार २३६ कित्ता सेयरको लक–इन अवधि फागुन ८ गते सकिन लागेको हो।
सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको उक्त सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म लक–इनमा राखिएको थियो। कम्पनीको आईपीओ बाँडफाँड गत भदौ ८ गते सम्पन्न भएको थियो।
माविलुङ इनर्जीले गत साउन २६ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणका लागि जारी पूँजीको ४८.९९९८ प्रतिशत बराबरको १५ लाख ४ हजार ७०६ कित्ता साधारण सेयर निष्काशन गरेको थियो।




















प्रतिकृया