लुम्बिनी केवलकार लिमिटेडले विशेष साधारण सभा साउन ३ गतेका लागि बोलाएको छ। असार ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयनमा बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। यससँगै हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य विविध प्रस्तावहरू पनि सभामा पेस गरिनेछन्।




















प्रतिकृया