ग्रीन भेन्चर्स लिमिटेडले आफ्नो कुल २ करोड ८२ लाख १६ हजार ९५० कित्ता सेयरको लकइन अवधि चैत २० गतेबाट सकिने जानकारी दिएको छ।
हालको अवस्थाअनुसार, संस्थापकका २ करोड ५० लाख, आयोजना प्रभावित स्थानीयका ३१ लाख २३ हजार २००, र कर्मचारीहरूको ९३ हजार ७५० कित्ता सेयर लकइनमा छन्। लकइन अवधि सकिएपछि यी सेयरहरू कारोबार गर्न सकिनेछन्।
तर, कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव, र उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीले भने सेयर कारोबार गर्न नपाउने बताइएको छ।





















प्रतिकृया