पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकबाट युवाशक्ति पलायन हुन नदिन देशभित्रै रोजगारीका अवसर सृजना गर्नुपर्ने बताएका छन्।
शनिबार पार्टी निकट पेसागत महासङ्घद्वारा आयोजित सङ्गठनात्मक कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष नेपालले युवा जनशक्ति दैनिक हजारौँको सङ्ख्यामा रोजगारीका लागि विदेश गइरहेकाले त्यसलाई रोक्न एक रोजगार प्राधिकरण स्थापना गर्नुपर्नेमा जोड दिए। रोजगारीको अवसर सृजना गर्न औद्योगिकरणको खाँचो औँल्याउँदै अध्यक्ष नेपालले त्यसका लागि कृषि, ऊर्जा, पर्यटन तथा पूर्वाधार निर्माणका क्षेत्रमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएका हुन्।
नेपालले प्रत्येक वर्ष उत्पादन हुने शैक्षिक जनशक्तिको वास्तविक तथ्याङ्क अद्यावधिक गरी श्रम बजार व्यवस्थित गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले श्रमिक कामदारलाई कानुनबमोजिम सामाजिक सुरक्षा अनिवार्य रूपमा उपलब्ध गराउन ट्रेड युनियनको भूमिका महत्त्वपूर्ण हुने बताए। मुलुकमा विकास तथा समृद्धि कायम गर्न समाजवादी अर्थव्यवस्थाको कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो।
अध्यक्ष नेपालले आयात प्रतिस्थापन गर्ने तथा निर्यातजन्य उद्योग र व्यवसायीलाई सरकारले करमा छुटलगायत आवश्यक सहुलियत उपलब्ध गराउन सकेमा देशमा रोजगारी वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया