आईटी पढ्न चाहने विद्यार्थीलाई २ करोड रुपैयाँ बढीको छात्रवृत्ति दिदै एलबिइएफ, कसरी दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ९ गते
AdvertisementAds
आईटी पढ्न चाहने विद्यार्थीलाई २ करोड रुपैयाँ बढीको छात्रवृत्ति दिदै एलबिइएफ, कसरी दिने आवेदन ?
AdvertisementAds

नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरसिप–२०८१’ का लागि आवेदन खुला गरेको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस छात्रवृत्ति कार्यक्रमको उद्घाटन गरेका छन्।

क्यान महासंघले मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँग सहकार्य गरी ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ। प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति तथा अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति दिइनेछ। ‘फिमेल मेरिट आईसीटी स्कलरसिप’ अन्तर्गत २८ जना छात्राले र ‘आईसीटी मेरिट स्कलरसिप’ अन्तर्गत २१ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन्।

क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले कुल दुई करोड १३ लाख एक हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपीयू) को सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह बीएससी आईटी अध्ययन गर्न पाउनेछन् ।

छात्रवृत्तिका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका, कक्षा १० मा गणित विषयमा कम्तीमा ५०% अंक ल्याएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्। आवेदन २०८१ फागुन २५ गतेसम्म क्यान महासंघ वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत दिन सकिनेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स