रवि लामिछानेको रिटमा वकिलहरूको बहस सकियो, आजै आदेश आउने सम्भावना 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ८ गते
रवि लामिछानेको रिटमा वकिलहरूको बहस सकियो, आजै आदेश आउने सम्भावना 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि उनका वकिलहरूले बहस सम्पन्न गरेका छन्। बिहीबार सो रिटमाथि सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको हो।

रविको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेसँगै उनका तर्फबाट हुने कानुनी तर्क सकिएको छ। अब छविलाल जोशीको पक्षबाट बहस सुरु हुँदैछ, जसका लागि वरिष्ठ अधिवक्ता शम्भु थापा प्रस्तुत हुनेछन्।

इजलासले आजै बहस सक्ने गरी समय विभाजन गर्ने निर्देशन दिएको छ। बहस सकिएपछि आजै आदेश आउने सम्भावना रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स