नेपालले भारतमा भाडामा लिएको जग्गा प्रयोगविहीन, राज्यकोषबाट महिनैपिच्छे लाखौँ खर्च

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १२ गते
नेपालले भारतमा भाडामा लिएको जग्गा प्रयोगविहीन, राज्यकोषबाट महिनैपिच्छे लाखौँ खर्च

भारतका कोलकाता र हल्दिया बन्दरगाहमा नेपालले पारवाहन सन्धिअनुसार लिएका लिज जग्गा वर्षौँदेखि उपयोग नहुँदा राज्यकोषबाट मासिक पाँच लाख ६० हजार रुपैयाँ बराबरको खर्च निस्फिक्री अव्यवस्थित रूपमा व्यय भइरहेको छ। नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडको निष्क्रियताले यी जग्गा वर्षौँदेखि अलपत्र अवस्थामा छन्।

कोलकाता बन्दरगाहमा नेपालले ४,८५० वर्गमिटरको गोदाम व्यवस्थापन गर्दै आएको थियो। तर, सो गोदामको उपयोग म्याद समाप्त भइसकेको छ। सरकारले यसका लागि मासिक भारतीय रुपैयाँ ५६ हजार भाडा तिर्दै आएको छ। यस्तै, हल्दिया बन्दरगाहमा ८,९८५ वर्गमिटर जग्गा भाडामा लिए पनि उपयोग शून्य छ।कोलकातास्थित कार्यालयका प्रबन्धक हिमनाथ पौडेलका अनुसार कोइला, जिप्सनलगायत सामग्री राख्न सकिने क्षमता हुँदाहुँदै पनि गोदाम प्रयोग हुन सकेको छैन। भारतको श्यामाप्रसाद मुखर्जी पोर्टले समेत सो जग्गा सट्टापट्टा गर्न प्रस्ताव गरेको भए पनि नेपालतर्फबाट निर्णय नआएको उनले बताए।

हल्दिया बन्दरगाहमा भाडामा लिएको जमिनमा भने केही सवारीसाधन मात्र थुप्रिएका छन्। शाखा प्रबन्धक पौडेलका अनुसार नेपालले यहाँ मासिक भारतीय रुपैयाँ ३ लाख तिर्दै आएको छ। आवश्यक कोइला अहिले पनि हल्दिया हुँदै नेपाल आउने गरे पनि कोइलाको उचित भण्डारणका लागि पूर्वाधार अभावले उक्त जग्गा प्रयोगविहीन बनेको छ। नेपाली महावाणिज्य दूतावास, कोलकाताका महावाणिज्यदूत झक्कप्रसाद आचार्यले दुवै बन्दरगाहका लिज जग्गा व्यावसायिक रूपमा उपयोग गर्नुपर्ने आवश्यकता जोड दिए। उपयोग असम्भव हुने अवस्था रहेमा पारवाहन सन्धि नै संशोधन गरेर सहजीकरण गर्नुपर्ने उनको सुझाव छ। उनले भने, “जग्गा बन्दरगाह परिसरमै भएकाले ठूलो पूर्वाधार निर्माण गर्न नेपाललाई सहज छैन। कम्तीमा पनि खर्च उठ्नेगरी निजी क्षेत्र वा कुनै निकायलाई व्यवस्थापन जिम्मा दिनुपर्छ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स