डिम्याट खाताको नवीकरण शुल्क तिर्न लक्ष्मी सनराइज क्यापिटलको आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १६ गते
डिम्याट खाताको नवीकरण शुल्क तिर्न लक्ष्मी सनराइज क्यापिटलको आग्रह
AdvertisementAds

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क यथाशीघ्र बुझाउन अनुरोध गरेको छ। साविकको लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल गाभिएर बनेको क्यापिटल तथा लक्ष्मी सनराइज बैंकका शाखा कार्यलय मार्फत हितग्राही खाता खोली धितोपत्र कारोबार गरिरहेका सेवाग्राहीलाई यो आग्रह गरिएको हो।

क्यापिटलका अनुसार, आर्थिक वर्ष २०८१/८२ सम्म डिम्याट खाता खोलेका सबै खातावालाहरूले प्रत्येक वर्ष १०० रुपैयाँका दरले वार्षिक सञ्चालन शुल्क तिर्नुपर्नेछ। खातावालाहरूले लक्ष्मी सनराइज बैंकसहित फोनपे, क्यूआर पेमेन्ट, खल्ती, कनेक्ट आईपीएस, प्रभु पे, आइएमई पे, ई-सेवा तथा मेरो सेयर ड्यासबोर्ड प्रयोग गरेर शुल्क तिर्न सक्नेछन्।

क्यापिटलले आर्थिक वर्ष २०८०/८१ सम्मको वार्षिक शुल्क बुझाउन बाँकी रहेका सेवाग्राहीको डिम्याट खाता हाल रोक्का अवस्थामा रहेको जानकारी दिएको छ। ती खातावालाहरूले अविलम्ब बाँकी शुल्क तिरेर आफ्नो खाता अद्यावधिक गरी पुनः सञ्चालनमा ल्याउन क्यापिटलले आग्रह गरेको छ। यसका साथै, क्यापिटलले सबै सेवाग्राहीलाई आफ्नो केवाईसी विवरण पनि अद्यावधिक गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स