कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि बैंकले राष्ट्र बैंकको नियमानुसार आफ्नै विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकतामा राखेर यी सेयर बिक्रीमा राखेको थियो। तर संस्थापकहरूले सम्पूर्ण सेयर नकिनेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (सेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। बैंकका अनुसार, सो सेयरको बिक्री मूल्य बिक्रेताले तोकेको मूल्यअनुसार हुने छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया