राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई तोकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि चार दिने चीन भ्रमणमा गएका छन्, जसका कारण उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सिंहले दैनिक प्रशासनिक कार्यको सम्हाल गर्ने छन्। ओली २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
गत असोजमा पनि प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहेका बेला प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया