प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की, सञ्चालकमा अर्याल नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २० गते
प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की, सञ्चालकमा अर्याल नियुक्त
AdvertisementAds

प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको असार १९ गते बसेको बैठकले सञ्चालक रहेका कार्कीलाई अध्यक्ष पदमा चयन गरेको हो।

अघिल्लो अध्यक्ष लिला प्रकाश सिटौलाको चार वर्षे कार्यकाल चैत १२ गते सकिएको थियो र त्यसपछि बैंकको अध्यक्ष पद रिक्त रहेको थियो।

त्यसैगरी, बैंकको स्वतन्त्र सञ्चालकमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकाका रमेश राज अर्याल नियुक्त भएका छन्। अर्याल कुमारी बैंकका पूर्व सीईओ हुन्। यस नियुक्तिसँगै प्रभु बैंकको सात सदस्यीय सञ्चालक समिति पूर्ण भएको छ।

कार्की अध्यक्ष भएपछि उनी पब्लिक सेयर होल्डरको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा थिए। अब अध्यक्ष कार्कीका साथै संस्थापक सेयरधनीहरूका तर्फबाट अंगिर मान सिंह, ब्रिख बहादुर बस्नेत र अम्बिका शर्मा सञ्चालक रहेका छन्। सर्वसाधारण सेयरधनीहरूका तर्फबाट सुरज कुमार श्रेष्ठ र राजु पौडेल छन्।

स्वतन्त्र विज्ञ सञ्चालकका रूपमा रमेश राज अर्याललाई बिहीबार नै नियुक्त गरिएको हो। अर्यालले तत्कालिन एनसीसी बैंक र कुमारी बैंकको सीईओको रूपमा काम गरेका छन्। उनीसँग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव छ र उनले सफल मर्जरको नेतृत्व समेत गरेका छन्। उनले शंकरदेव क्याम्पसबाट प्रथम श्रेणीमा एमबिए गरेका हुन्।

AdvertisementAds

अध्यक्ष कार्की नेपाल सरकारका सहसचिवबाट अवकास प्राप्त पूर्व कर्मचारी हुन्। उनले सम्पति शुद्धीकरण विभाग, आन्तरिक राजश्व विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अर्थमन्त्रालयमा काम गरेका थिए। ओखलढुंगामा जन्मिएका कार्कीले जन प्रशासनमा स्नातकोत्तर गरेका छन् र निजामति प्रशासनमा अनुशासित र अब्बल प्रकाशक मानिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स