केबी–साम आल्मुनियम इन्डस्ट्रीज लिमिटेडले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आगामी फागुन १५ गते आह्वान गरेको साधारणसभाको विशेष प्रस्तावमार्फत प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न लागेको हो।
साधारणसभामा पेश हुने विशेष प्रस्तावअन्तर्गत बुक बिल्डिङ विधिबाट प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विषय समेटिएको छ। साथै, भविष्यमा थप संशोधन आवश्यक परेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
त्यसैगरी, सभामा जगेडा कोषबाट लाभांश वितरण गर्ने लगायतका अन्य महत्वपूर्ण प्रस्तावहरू पनि छलफल तथा पारितका लागि प्रस्तुत गरिने कम्पनीले जनाएको छ।










![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)





![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-150x150.jpg)

![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)

प्रतिकृया