बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर–७२ जहाजले आज बिहान काठमाडौं–भरतपुर बीच सफल परीक्षण उडान गरेको छ। बिहान साढे ९ बजे जहाजले पहिलोपटक भरतपुर विमानस्थलमा अवतरण गरेको हो।
परीक्षणका क्रममा जहाजले दक्षिणपूर्वतर्फको रनवे–१५ र पश्चिमतर्फको रनवे–३३ दुबै दिशाबाट उडान तथा अवतरण गरेको थियो। बुद्ध एयरका वरिष्ठ पाइलट प्रमोद थापा र रवि श्रेष्ठले परीक्षण उडानको नेतृत्व गरेका थिए।
बुद्ध एयरले २००५ देखि भरतपुरमा ४७ सिटे जहाजमार्फत नियमित उडान गर्दै आएको छ। अहिले विमानस्थलको रनवे विस्तारको काम पनि अगाडि बढिरहेको छ। आजको सफल परीक्षणसँगै अब भरतपुर विमानस्थलमा ठूलो क्षमताका जहाजमार्फत सेवा विस्तारको सम्भावना बढेको छ।
















प्रतिकृया