कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १० गते
कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?

कालंगा हाइड्रो लिमिटेडले आज चैत १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। तीमध्ये ९ लाख १० हजार कित्ता बझाङ, बैतडी र दार्चुलाका प्रभावित वडाका बासिन्दालाई र बाँकी ४ लाख ९० हजार कित्ता सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका अन्य स्थानीयलाई छुट्याइएको छ।

त्यसैगरी ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयले चैत २४ गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिमा पूर्ण बिक्री नभएमा आवेदन अवधि २०८३ वैशाख ९ गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा चैत १५ गतेदेखि ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित आयोजनाको कार्यालय तथा विभिन्न बैंक शाखामार्फत आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

NEWS DESIGN 4 https://bajarkochirfar.com/kalanga-hydros-ipo-opens-today-who-will-be-able-to-participate | %tags
यो पनि पढ्नुहोस

चैत १० गतेदेखि आईपीओ निष्काशन गर्दै कालंगा हाइड्रो, क-कसले भर्न पाउने ?

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स