कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि छुट्याइएको छ।
यो १४ लाख कित्तामध्ये, ९ लाख १० हजार कित्ता सेयर बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका (वडा नं ४ र ५), बित्थडचिर गाउँपालिका (वडा नं ६ र ८), बुंगल नगरपालिका (वडा नं ३, ४, ६, ८, ५), बैतडी जिल्लाको डिलासैनी गाउँपालिका (वडा नं १ र २), र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका (वडा नं १) का अत्यधिक प्रभावित स्थायी बासिन्दाहरुलाई बाँडफाँड गरिनेछ। बाँकी ४ लाख ९० हजार कित्ता सेयर अतिप्रभावित क्षेत्रमा नपरेका सबै स्थायी बासिन्दाहरुलाई बाँडफाँड गरिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले छिटोमा चैत २४ गते र ढिलोमा २०८३ बैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन्।
स्थानिय बासिन्दाले सेयर आवेदन फाराम बिक्री प्रबन्धक कार्यालय, आयोजनस्थल कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (केदारस्यूँ १ शाखा), ग्लोबल आइएमई बैंक (जयपृथ्वी नगरपालिका १०, बझाङ्ग; गोकुलेश्वर, शैल्यशिवर ९, दार्चुला शाखा), कुमारी बैंक (छबिसपाथिभारा गाउँपालिका, बझाङ्ग; डिलासिनी गाउँपालिका, बैतडी), र कृषि विकास बैंक (बुंगल नगरपालिका ४, बझाङ्ग) बाट प्राप्त र बुझाउन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
त्यस्तै, कम्पनीले ३ लाख ५० हजार कित्ता सेयर, प्रतिकित्ता १०० रुपैयाँ दरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति आवश्यक छ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ भने अधिकतम २० हजार कित्तासम्म आवेदन गर्न पाइनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइन पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी (CareNP Double B) इश्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया