कजारिया रमेश टायल्सले नवलपुरको दलदलेमा खोल्यो नयाँ शोरुम

कजारिया रमेश टायल्सले नवलपुरको दलदलेमा खोल्यो नयाँ शोरुम

कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम सुरु गर्दै गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको यस नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउनेछ ।

यस शोरुमको औपचारिक उद्घाटन जेठ १२ का दिन दिउँसो १२ः१५ बजे गरिएको थियो । उद्घाटन कार्यक्रममा  कजारिया रमेश टायल्सका निर्देशक श्री हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड २०२४ आस्मा कुमारी के.सी. को गरिमामय उपस्थितिका साथै कजारिया रमेश टायल्स लिमिटेडका वरिष्ठ प्रतिनिधिहरू र राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कको व्यवस्थापन टोलीको सहभागिता रहेको थियो, जसले स्थानीय बासिन्दाहरूलाई नयाँ शोरुमको अवलोकनका लागि हार्दिक स्वागत गरेका थिए ।

शोरुमलाई ग्राहकवर्गलाई आकर्षित गर्ने र सहजता प्रदान गर्ने किसिमको आधुनिक शैलीमा व्यवस्थित गरिएको छ । यहाँ आउने ग्राहकहरूले कजारिया उत्कृष्ट वाल र फ्लोर टायल्सका विविध विकल्पहरू प्रत्यक्ष रूपमा छामेर, यसका बुट्टा र फिनिसिङ अवलोकन गरी आफ्ना घर तथा परियोजनाहरूका लागि उपयुक्त डिजाइन सहजै रोज्न सक्नेछन् ।

“राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कसँगको हाम्रो साझेदारी ठूला शहरहरू मात्र सीमित नभई बाहिरका समुदायहरूसम्म पुग्ने हाम्रो निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण पाटो हो । हाम्रो उद्देश्य नवलपुरका बासिन्दाहरूले कजारियाको विश्वसनीय गुणस्तर र आधुनिक डिजाइनहरू सजिलै प्राप्त गरुन् र उहाँहरुको घर निर्माण तथा पुनःनिर्माणका योजनाहरूलाई साकार पार्न मद्दत पुगोस् भन्ने हो,” कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवालले भने ।

यो शोरुम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ । दलदले, नवलपुर तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई शोरुममा आई नयाँ कलेक्सनहरू अवलोकन गर्न हार्दिक निमन्त्रणा गरिएको छ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा Superbrand २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता ISO ९००१ः२०१५ र ISO १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद् (IGBC) को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँछ । यसैलाई निरन्तरता दिँदै कजारियाले हालै NS Quality Award २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा थप मजबुत बनाएको छ । ३,००० भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी. र ४०x४०से.मी. ८मि.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल ४०x४०से.मी.१२ मि. मी. तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी. (HD Polished) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स