insta insta

नेपाल राष्ट्र बैंकमा जागिर खाने अवसर, आवेदन कसरी दिने ?

नेपाल राष्ट्र बैंकमा जागिर खाने अवसर, आवेदन कसरी दिने ?
Advertisement Ads

नेपाल राष्ट्र बैंकले सिभिल इन्जिनियरका दुई पदका लागि करार सेवामा आवेदन खुलाएको छ। इच्छुक र योग्य नेपाली नागरिकहरूलाई आगामी माघ २१ गतेसम्म आवेदन दिन अनुरोध गरिएको छ। आवेदन अनलाइनमार्फत मात्र स्वीकार गरिनेछ। आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुका साथै सम्बन्धित क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव भएको हुनुपर्छ। उमेरको हद अन्तिम मितिसम्म ४५ वर्षभन्दा बढी नहुने र लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत छनोट गरिनेछ। यदि दरखास्त स्वीकृत उम्मेदवारहरूको संख्या १०० वा सोभन्दा कम भएमा अन्तर्वार्ता मात्र लिइनेछ।

करार सम्झौताको अवधि ६ महिना हुने र पारिश्रमिक तथा अन्य सेवा सुविधा बैंकको नियमानुसार हुने जानकारी गराइएको छ। आवेदन दिन बैंकको वेबसाइट www.nrb.org.np को “Career” खण्डमा रहेको अनलाइन पोर्टल प्रयोग गरी आवेदन दिन सकिन्छ। परीक्षा दस्तुर रू. १,००० तोकिएको छ, जुन अनलाइन पोर्टलमा रहेका भुक्तानी सेवा प्रदायकमार्फत बुझाउन सकिन्छ। रीत नपुगेको आवेदन अस्वीकृत गरिने र दस्तुर फिर्ता नहुने जानकारी पनि दिइएको छ।

परीक्षा कार्यक्रम काठमाडौंमा सञ्चालन हुनेछ भने आवेदन फारममा हालसालै खिचिएको फोटो अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। थप जानकारीका लागि बैंकको मानव संसाधन व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ। आवेदन दिने अन्तिम मिति माघ २१ गते तोकिएको छ। समयमै आवेदन दिन इच्छुक उम्मेदवारहरूलाई अनुरोध गरिएको छ।

473730846 623189120100507 4604573040713969758 n https://bajarkochirfar.com/job-opportunity-at-nepal-rastra-bank-how-to-apply | %tags

473830201 623189230100496 7931549261711693903 n https://bajarkochirfar.com/job-opportunity-at-nepal-rastra-bank-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स