झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भोलि बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बाँडफाँड कार्यक्रम बुधबार बिहान ९:३० बजे सुरु हुनेछ।
कम्पनीको आईपीओमा अत्यधिक आवेदन परेको छ। उपलब्ध सेयरभन्दा ४७.४६ गुणा बढी माग भएको छ। भदौ ३० गतेसम्म आवेदन दिने अन्तिम दिनमा २० लाख ७ हजार १४२ जना आवेदकले करिब २ करोड २४ लाख ६८ हजार ८५० कित्ता सेयरको लागि आवेदन दिएका थिए।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको थियो।
सर्वसाधारणका लागि कम्पनीले भदौ २० गतेदेखि ४ लाख ७३ हजार ३३६ कित्ता सेयर बिक्री खुला गरेको हो।














प्रतिकृया