झापा इनर्जी लिमिटेडले आज (साउन १४ गते)देखि सेयरको प्रारम्भिक निष्काशन (आईपीओ) जारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९ लाख ५० हजार ४७५ कित्ता सेयर निष्काशन गर्न असार ३१ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ खुला गरिएको हो। स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा गएकाहरूका लागि ५७ हजार २९ कित्ता सेयर छुट्याइएको छ।
आवेदन दिँदा कम्तीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिनेछ। स्थानीय बासिन्दाले साउन १४ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् भने आवश्यकता परे भदौ १२ गतेसम्म समय थपिन सक्छ। वैदेशिक रोजगारीमा गएकाहरूका लागि आवेदन अवधि साउन १४ गतेदेखि १८ गतेसम्म कायम हुनेछ, तर आवेदन कम परेमा साउन २८ गतेसम्म समय थपिनेछ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया