झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्काशन गरेको हो।
यस आईपीओमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन्। यस निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया