झापा इनर्जी लिमिटेडले भदौ २० देखि ३० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार, ४७ हजार ३२७ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता सेयर पाएका छन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो।
कुल निष्काशनमध्ये, जारी पुँजीको १० प्रतिशत (३ लाख ८० हजार १९० कित्ता) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १५ प्रतिशत (५७ हजार २९ कित्ता) वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँड गरिएको थियो।
त्यसैगरी, २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोष र ११ हजार ४०६ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।
कसरी हेर्ने झापा इनर्जी लिमिटेडको आईपीओको नतिजा ?
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।




















प्रतिकृया