जीवन विकास लघुवित्तले पुस २८ मा बोलायो साधारण सभा बोलायो, बुक क्लोज कहिले ?

जीवन विकास लघुवित्तले पुस २८ मा बोलायो साधारण सभा बोलायो, बुक क्लोज कहिले ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा मोरङको कटहरी–२ स्थित लघुवित्तको केन्द्रीय कार्यालयमा बिहान १०:३० बजे सुरु हुनेछ।

सभामा संस्थाले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। साथै आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरणमाथि छलफल हुनेछ। साधारण सभामा संस्थापक समूहबाट चार जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव सहित अन्य लघुवित्तहरूसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छलफलका लागि राखिनेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १५ गतेसम्म कायम सेयरधनीहरू साधारण सभामा सहभागि भइ लाभांश प्राप्त गर्न सक्नेछन्।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स