जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन्। मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको जानकारी दिए।
यादवले सत्तारुढ एमाले–कांग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै, सरकार जनताको पक्षमा नभई बिचौलियाको लागि बनेको भन्दै समर्थन कायम राख्नु संविधान, संघीयता र जनतासँग गद्दारी हुने बताएका छन्।
उनले वर्तमान सत्ता गठबन्धनले जनताको कुनै चासो नराखी केवल सत्तामा टिकिरहने खेल खेलेको आरोप लगाए। सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने कार्यमा लागेको उल्लेख गरे। यादवले सत्ता गठबन्धन पूर्णरुपमा असफल भइसकेको पनि बताए।
उनका अनुसार सरकारको संविधान संशोधन गर्ने कुनै चाहना छैन र उनीहरू केवल राजनीतिक स्टण्डमात्र गर्दैछन्। यादवले राजनीतिक नेतृत्वको सत्ता मोहबाट देश मुक्त हुनुपर्ने बेला आएको पनि जिकिर गरे।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया